गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न कसैले रोक्न सक्दैन : अर्थमन्त्री पौडेल
माघ २१, भैरहवा
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निकट भविष्यमै गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा (फूल फ्लेजेज) सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कान्तिपुर मिडिया ग्रुपले शनिबार आयोजना गरेको ‘कान्तिपुर लुम्बिनीको सामर्थ्य’ विषयक अर्थ सामाजिक बहसको मुख्य वक्ताका रुपमा बोल्दै पौडेलले पछिल्ला दिनहरुमा विमानस्थलका सम्बन्धमा नकारात्मक टिकाटिप्पणी हुने गरेको स्मरण गर्दै गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि छिट्टै सरोकारवालाहरुको बैठक बस्ने र यसका लागि कसैले पनि रोक्न नसक्ने बताउनुभयो ।
बैठकबाट नै सबै समस्या समाधानका उपायहरु निकालेर कार्यान्वयनमा लगिने उहाँको भनाइ छ । विमानस्थलमा सबैभन्दा चुनौतीको काम जग्गा प्राप्ति भएको र अहिले त्यो काम पूरा भइसकेकाले अब तीव्र रुपमा क्षमता विस्तार गरिने उहाँले बताउनुभयो । पौडेलले लुम्बिनीको विकाससँग सरोकार राख्ने तथा शुभचिन्तक सबैलाई विमानस्थल निर्माणमा सकारात्मक सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
तपाईको प्रतिक्रिया