काठमाण्डौ २०७९ माघ १५
पोखरामा भाडामा बस्दै आएको घरको शौचालयमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोलामा भाडामा बस्दै आएका ती युवकले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार भाडामा बस्दै आएका युवकले शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । घटना थाहा पाउने वित्तिकै सोही घरकी घरधनी महिलाले आगो निभाउन गएकी र आगो निभाउने क्रममा ती महिला पनि घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा ४३ वर्षका पुरुष र ३५ वर्षकी महिला रहेका छन् । गम्भीर घाइते भएकी महिलाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने पुरुषको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
आगोमा जलेर घाइते भएका दुबै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। आत्मदाह प्रयास गर्नुका कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया