00:00:00
स्थानिय

गुल्मीमा हात खुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

आइतबार माघ १५, २०७९/ Sunday 01-29-23

गुल्मी - २०७९ माघ १५

 गुल्मीमा गएराती एक महिलाको हत्या भएको छ। मुसिकोट नगरपालिका ७ कि ५७ वर्षिया गङ्गादेवी शेरचन घर भित्रै खुट्टा बाधेको अवस्थामा मृत भेटिए पछि शेरचनको कसैले हत्या गरेको बुझिएको छ ।

 त्यस वडाका वडाध्यक्ष हरिहर सापकोटाका अनुसार वामिटक्सारको प्रहरीले घटनास्थल फिता डोरिद्वारा घेराउ गरेको छ। जिल्लाबाट प्रहरी आउँदैछ । शेरचन अविबाहित महिला हुन ।

 वामिटक्सार र मध्ये पहाडीलेक मार्ग जोड्ने हाडिखोलाको पुल वारिको न्वाराको पहिलो घर होटल चलाएर शेरचन एक्लै बस्थिन । पारी हाडिखोला तर्फ उनका बाबू आमा बस्छ्न । जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन राना भाटले ती महिलाको शव हात खुट्टा बाधेको अवस्थामा भेटिएको जानकारी आएपछि आफुहरु त्यसतर्फ जान लागेको जानकारी दिनुभयो । घटना स्थलमा पुगेर थप अनुसन्धान पछि मात्र मृत्युको कारण पुष्टि गर्ने प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया