बुटवल २०७९ माघ १३
चर्चित लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। कार्यक्रम इन्द्रेणीमार्फत चर्चाको शिखरमा पुगेका स्याङ्जा खुदी घर भएका गायक पौडेलको बिहीबार राति करिब ११:२० मा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पाैडेल केही समयदेखि बिरामी रहनुभएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताउनुभयो । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो ।
गायक पौडेलको शव आज बिहान ११ बजे कास्कीको रामघाटमा ल्याइ लोकदोहोरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेको बताइएको छ।
तपाईको प्रतिक्रिया