00:00:00
राष्ट्रिय

एक वर्षमा साढे दुई सय शाखारहित बैँक घटेको राष्ट्र बैँकको भनाइ 

बिहीबार माघ १२, २०७९/ Thursday 01-26-23

माघ १२, रुपन्देही
देशका धेरैजसो स्थानीय तहमा बैङ्कको पहुँच पुगेपछि शाखारहित बैङ्किङ सुविधा घट्न थालेको छ । एक वर्षमा करिब साढे दुई सय शाखारहित बैँक घटेका नेपाल राष्ट्र बैँकले जनाएको छ ।

पोहोरको असोजसम्म १ हजार ७ सय ५२ शाखारहित बैँक सञ्चालनमा रहेकामा गएको असोजसम्म यो सङ्ख्या १ हजार ५ सयमा आइपुगेको छ । शाखारहित बैँक घटे पनि पछिल्ला महिनामा कारोबार सङ्ख्या र कारोबार रकम भने बढेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

डिजिटल ब्याङ्किङको पहुँच बढेको र अधिकांश स्थानीय तहमा ब्याङ्कको शाखा पुगेकाले शाखारहित बैँकको सङ्ख्या घटेको हुनसक्ने नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता डा. गुणाकर भट्टले बताउनुभयो ।

छिल्ला केही महिनामा शाखारहित बैङ्किङ मार्फत भएका कारोबारमा सर्वसाधारणको करोडौँ रकम हिनामिना भएको तथा विदेशबाट हुन्डीमार्फत नेपाल भित्रिएको रेमिट्यान्स शाखारहित ब्याङ्किङ प्रणालीमार्फत आन्तरिक रेमिट्यान्सका रुपमा मुलुकका विभिन्न स्थानमा गएको आशङ्का समेत राष्ट्र बैँकले गरेको छ । 
 

तपाईको प्रतिक्रिया