00:00:00
राष्ट्रिय

सुदूरपश्चिमको बाजुरा केन्द्रविन्दु भएर भूकम्प, रुपन्देहीमा समेत धक्का महसुस

मंगलबार माघ १०, २०७९/ Tuesday 01-24-23

माघ १०, रुपन्देही 
सुदूरपश्चिमको बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु बनाएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।

भूकम्पको धक्का नेपालको कर्णाली र लुम्विनी प्रदेशका जिल्लाहरूमा साथै भारतका सिमावर्ती क्षेत्रमा समेत महसुस गरिएको छ । सदरमुकाम चैनपुरमा रहेको कृषि ज्ञानकेन्द्रको भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन भूकम्पले भत्काएको र अन्य क्षतिको विवरण भने हालसम्म नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

भूकम्पको धक्का लुम्विनी प्रदेशको रुपन्देहीलगायतका जिल्लाहरुमा महसुस गरिएको स्थानिय दिपा पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया