काठमाण्डौ २०७९ माघ १०
सोमबार प्रहरीले म्याच फिक्सिङ गरेको आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी महबुब आलमलाई पक्राउ गरेको छ ।सोही प्रकरणमा सप्तरीको राजविराज घर भएका पूर्वराष्ट्रिय खेलाडी महबुब आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ ।
प्रहरीका अनुसार राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानवाट पक्राउ परेका आदिललाई बुद्ध एयरको उडानवाट राजविराजबाट काठमाडौं पठाइएको छ। सप्तरीको राजविराज वडा नं ४ घर भएका पूर्वराष्ट्रिय खेलाडी महबुब आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ ।
अन्सारी र आलममाथि नेपाल टी–टवान्टी लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोप छ । अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) लगिने र अनुसन्धान गरिने तयारी छ । लिगमा अन्सारी जनकपुर रोयल्स टिमबाट खेलेका थिए ।बारा जिल्ला घर भएका आदिललाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानबाटै सोमवार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
सो मैदानमा जारी मुन्ना साह मेमोरियल अन्तर कलेज क्रिकेट प्रतियोगितामा जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट प्रतियोगिता खेल्न मैदान पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।नेपाल क्रिकेट संघले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको साझेदारीमा गत पुस ८ गतेदेखि टी–२० लिग प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा म्याच फिक्सिङका आधारहरू फेला परेपछि सीआईबीले छानबिन गरिरहेको छ ।
तपाईको प्रतिक्रिया