00:00:00
स्थानिय

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा “टाईम कार्ड”

शुक्रबार माघ ६, २०७९/ Friday 01-20-23

रुपन्देही,बुटवल २०७९ माघ ६
 
   जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सेवामा सहजता ल्याउन तथा सेवामा समय प्रति देखिएको अन्यौलता हटाउन बिहिबार देखि आफ्ना ४ वटा सेवामा टाईम कार्ड लागु गरेको छ ।

 नया नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्र तथा ई–पासपोर्टमा टाईम कार्ड लागु गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने कार्यालयले तैयारी गरेको अर्यालले बताउनुभयो । अर्यालले भन्नुभयो “टाईमकार्ड लागु भए पछि सेवाग्राहीले एउटा निश्चित समय पाउछ र सो समय सम्म उसले अन्य काम पनि सकाउन सक्छ ।”

 जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय सहितको एउटा टोकन वितरण गरिन्छ । टोकनमा सेवाग्राहीले सेवा पाईने समय र कोठा नम्बर उल्लेख हुन्छ अर्यालले भन्नुभयो । नया नागरिकताको हकमा प्रमाण पुर्‍याएर १२ बजे भित्र पेश भएका निवेदकहरुलाई १ बजे भित्र र दिउसो १२ बजेदेखि ३ बजे सम्म पेश हुन आएका निवेदकहरुलाई ४ बजे भित्र नागरिकता प्रदान गरिने अर्यालले बताउनुभयो ।

 नागरिकता प्रतिलिपिको हकमा प्रमाण पुर्‍याएर पेश भएका निवेदकहरुलाई अभिलेख भिडेको १ घण्टा भित्र प्रतिलिपि दिईने छ । यस्तै अनलाईन फारम भरेर राष्ट्रिय परिचय पत्रका लागि आएका निवेदकले पनि १ घण्टा भित्रै सेवा पाउने अर्यालले दावी गर्नुभयो । ई–पासपोर्टको लागि आउने सेवाग्राहीहरु प्रि–ईनरोलमेन्टको फारम भरेर आएकाहरुको तोकिएको दिन र समयमै ईनरोलमेन्ट हुने र केन्द्रबाट प्राप्त भएका ई–पासपोर्टहरु टोकन प्रणाली अनुसार सोही दिन समय तोकेर बितरण हुनेछ ।

 जिल्लाको शुसासन अभिवृद्धि, विकास र समृद्धिको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही लागि परेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले भन्नुभयो । “यसको लागि प्रमाण पुर्‍याई सेवा प्राप्तीका लागि पेश भएका सेवाहरु सोही दिनमै दिने गरिएको छ ।” पाण्डेले “यसलाई अझै सहज बनाउन आजदेखि टाईमकार्ड लागु गरेका हौ, यसले सेवाग्राहीमा समयको सुनिश्चतताको साथै सेवा प्रतिको विश्वसनियता बढ्ने अपेक्षा राखेका छौ

जिल्ला प्रशासन कार्यालयमा रुपन्देहीमा दैनिक १ सय बढी नया नागरिकता, ८० बढी प्रतिलिपि, २ सय जना भन्दा बढीको राष्ट्रिय परिचय पत्र बन्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुवंरले बताउनुभयो । यस्तै २ सय ५० बढी ई–पासपोर्टको बन्ने गरेको कुवंरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया