00:00:00
स्थानिय

लुम्बिनी प्रदेश सभाको चौँथो बैठक आज बस्दै, मुख्यमन्त्री गिरीले विश्वासको मत लिने

बिहीबार माघ ५, २०७९/ Thursday 01-19-23

माघ ५, रुपन्देही 
   लुम्बिनी प्रदेश सभाको चौँथो बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले विश्वासको मत लिनुहुनेछ ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लाग्नु भएको हो ।

पुस २७ गते प्रदेश सभाका १० मध्ये सात दलका ५६ जना र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ ।  
 

तपाईको प्रतिक्रिया