00:00:00
स्थानिय

देवदह नगरपालिकामा विद्युतीय भुक्तानी सेवा 

मंगलबार पौष २६, २०७९/ Tuesday 01-10-23

पौष २६, देवदह 
     रुपन्देहीको देवदह नगरपालिकामा विद्युतीय भुक्तानी सेवा शुभारम्भ भएको छ । एक कार्यक्रमका वीच देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले संयुक्त रुपमा विद्युतीय भुत्तानी सेवा शुभारम्भ गर्नुभएको हो ।

      नगरपालिकामा नगद कारोवारलाई विसतारित गर्ने गरी विद्युतीय भुत्तानीको शुभारम्भ गरेको नगरपालिकाले जनाएको छ । अवका दिन देखि देवदह नगरपालिकाको प्रत्येक वडामा मोवाईलबाट भुत्तानी गर्न सकिने नगर प्रमुख खरेलले जानकारी दिनुभयो । विद्युतीय भुक्तानीको शुरुवात संगै देवदह नगरपालिकाको आर्थिक विकास हुने र अवका दिनमा घरमै बसेर पनि विद्युतीय माध्यमबाट राजश्व बुझाउन सकिने र लाईनमा वस्न नपर्ने नगर प्रमुख खरेलले बताउनुभयो । 

      नगर प्रमुख धुव्रप्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागतमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । विद्युतीय भुक्तानी सेवा शुभारम्भ पछि देवदह नगरपालिकाको राजश्व फाँटमा काम गर्ने र वडा सचिवहरुलाई विद्युतीय भुक्तानी कसरी गर्न सकिन्छ भन्ने विषयमा एन आई सि बैकका नेत्रप्रसाद रिजालले सहजीकरण गर्नु भएको थियो ।

विष्णुप्रसाद वस्यालको संचालनमा सम्पन्न कार्यक्रममा क्यूआर कोड समेत प्रदान गरिएको थियो । 

तपाईको प्रतिक्रिया