00:00:00
राष्ट्रिय

पृथ्वी जयन्तीकाे दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

मंगलबार पौष २६, २०७९/ Tuesday 01-10-23

 काठमाण्डौ-२०७९ पुस २५

   सरकारले पृथ्वी जयन्तीको दिन पुष २७ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्न पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने र सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो ।

सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । सो न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

तपाईको प्रतिक्रिया