पुष २५, तिलोत्तमा
बिन्दू भट्टराई
रक्षा आयुर्वेद औषधालयको १५ औं बार्षिक उत्सवको अवसरमा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पछिल्लो समय बढ्दो तनाव र खानपानका कारण ब्यक्तिका स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न भएको र त्यसको समाधानका लागि आयुर्वेदिक उपचार पद्धती प्रभावकारी बन्दै गएको औषधालयका सञ्चालक शालीग्राम भुसालले जानकारी दिनुभयो ।
उहाँले समाजमा आयुर्वेदप्रतिको विश्वास बढ्दै गएको दावी गर्नुभएको छ । भुसालले केहिदिन अगाडि समुदायमा पुगेर गरिएको कार्यक्रमबाट छानिएका ८५ जना पायल्स समस्या भएका ब्यक्ति र ग्याष्टिक संगै छालाको समस्या भएका ब्यक्तिको समेत गरेर एक दिनमा सय भन्दा बढिको निशुल्क उपचार गरिएको बताउनुभयो ।
राष्ट्रिय आयुर्वेद औषधालयले समेत सहयोग गरेको थियो । कार्यक्रममा करिव २ लाख ४० हजारको औषधि वितरण गरिएको भुसालले दावी गर्नुभयो ।
तपाईको प्रतिक्रिया