पाल्पा दुर्घटना चालकले अत्यधिक मदिरा सेवन गर्दा भएको पुष्टि
पुष २५
पाल्पाको रैनादेवी छहरा–८, सत्यवती मधुवनमा भएको यात्रुबाहक बस दुर्घटनामा चालकले अत्यधिक मदिरा सेवनकै कारण भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरेन्द्र थापाकाअनुसार चिकित्सकको रिपोर्टमा चालकले मदिरा सेवन गरेको पुष्टि भएको हो ।
६ जना यात्रुको मृत्यु र १८ घाइते हुनेगरी दुर्घटना गराउने चालक चेतबहादुर दर्जी, गाडी मालिक रामबहादुर बस्नेतले होटलमा बसेर अत्यधिक मदिरा पिएका थिए । दर्जी र बस्नेत खुर्साने गाउँकै हुन् । दुर्घटनाका घाइतेका अनुसार झन्डै दुई घन्टा सालझन्डी–ढोरपाटन सडक खण्डको टारीफाँटको होटलमा बसेर चालक दर्जी, गाडी मालिक बस्नेत लगायतले मदिरा सेवन गरेका थिए ।
गत बिहीबार राति १० बजेतिर रुपन्देहीको सालझन्डीदेखि पाल्पाको सत्यवतीतर्फ जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस रैनादेवी छहरा–८, मधुवनमा दुर्घटना भएको थियो । दुर्घटनामा एकै गाउँका ६ जना महिलाको मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया