00:00:00
स्थानिय

पाल्पामा बस हुँदा एकै गाउँका ६ जना महिलाको ज्यान गयो, १८ जना घाइते

शुक्रबार पौष २२, २०७९/ Friday 01-06-23

बुटवल २०७९ पौष २२

     पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस राती ९:३० बजे दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

रूपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तर्गत पर्ने सो सडकमा बस सडकबाट ५० मिटर तल भिरमा खसेको थियो रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसक्दा ठुलो संख्यामा यात्रुको ज्यान गएको बताइएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा पाल्पा रैनादेबी ८ खुर्साने गाँउकी ३६ वर्षिया निर्मला घिमिरे, ११ वर्षिया सरुमाया घिमिरे, ५४ वर्षिया खिमकुमारी राना, ४० वर्षिया गिरिकुमारी गाहा, २१ वर्षिया सामकुमारी खत्री र १९ वर्षिया बिना पाण्डे रहेका छन् । प्रहरीका अनुसार घाइते भेटिएका १५ जना मध्ये पनि १३ जना महिला र ४ जना पुरुष रहेका छन्।

प्रहरीलाई राति १० बजेतिर दुर्घटनामा परेका घाइतेले नै फोन गरेर घटनाबारे जानकारी गराएका थिए। घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा र मेडिटेकमा उपचार भइरहेको राजमार्ग सुरक्षा ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

तपाईको प्रतिक्रिया