प्रजनन स्वास्थ्य र नेतृत्व विकाससम्बन्धि तालिम बुटवलमा जारी
मंसिर २९, तिलोत्तमा
पवित्रा चौधरी
प्रजनन स्वास्थ्य र नेतृत्व विकाससम्बन्धि प्रदेशस्तरीय तिन दिने तालिम बुटवलमा जारी छ । सञ्चारिका समूह नेपालको आयोजना तथा आइपासको आर्थिक सहयोगमा बुधबारबाट सुरु भएको तालिममा लुम्विनी प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै सञ्चारिका समूह नेपालका केन्द्रिय अध्यक्ष बिमला तुम्खेवाले तालिमले महिलाहरुका सम्पादकीय क्षमता विकास हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सामाजिक र पारिवारिक हिसाबले महिलाहरुलाई पत्रकारिता क्षेत्रमा चुनौतिका साथै अवसर पनि महिलालाई नै बढी भएकाले मेहनतका साथ पेशामा लाग्न आग्रह गर्नुभयो ।
सञ्चारिका समूह लुम्विनी प्रदेशका अध्यक्ष अमृता अनमोल, पूर्व अध्यक्ष पार्वती पाण्डे, सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमलगायत लुम्विनी प्रदेशभरिकाका १२ वटा जिल्लाका २५ जना पत्रकार महिलाहरुको सहभागिता रहेको तालिममा बुधबार दिपक अधिकारीले समाचार सम्पादन गर्ने विषयमा सहजिकरण गर्नुभएको थियो ।
पुस १ गतेसम्म सञ्चालन हुने तालिममा न्यूज एजेन्सी नेपालका अध्यक्ष कृष्णा पौडेल र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सहजिकरण गर्ने सञ्चारिका समूह नेपालका केन्द्रिय महासचिव बसन्ती बास्तोलाले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया