रुपन्देहीको क्षेत्र नं.१ २ र ५ मा एमालेको अग्रता
३ मा कांग्रेस र ४ मा लोसपा अगाडी
मंसिर ७, रुपन्देही
प्रतिनिधिसभामा ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै क्षेत्रमा मतगणना जारी छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत रुपन्देही क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार छविलाल विश्वकर्मा ४४१२ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार घनश्याम भुसाल ३४१८ मतका साथ दोस्रो स्थानमा छन् ।
क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार विष्णुप्रसाद पौडेल ७५५५ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल ६८६९ मतका साथ दोस्रो स्थानमा छन् ।
क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाण ९१८२ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा ८४७९ मतका साथ दोस्रो स्थानमा छन् ।
क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला १४२५१ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादव ११५९४ मतका साथ दोस्रो स्थानमा छन् ।
क्षेत्र नं ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार बासुदेव घिमिरे १९५६४ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाह १४२६६ मतका साथ दोस्रो स्थानमा छन् ।
तपाईको प्रतिक्रिया