00:00:00
राष्ट्रिय

चितवन –२ मा रवि लामिछाने दोब्बर मतले अगाडि

बुधबार मङ्सिर ७, २०७९/ Wednesday 11-23-22

मंसिर ७, चितवन 
राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सो पार्टीका केन्द्रीय सभापति रवि लामिछाने निकै फराकिलो मतान्तरले अग्रस्थानमा कायम रहनुभएको छ।

लामिछानेले १३ हजार ६४१ मत ल्याउँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल ६ हजार २४९ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ। सत्तारुढ गठबनध्नबाट उम्मेदवार रहेका कांग्रेसका उमेश श्रेष्ठको ५ हजार ९३५ मत आएको छ ।

लामिछानेले प्रतिस्पर्धी दुई उम्मेद्वारले ल्याएको कुल मतभन्दा पनि धेरै मत ल्याएका छन् ।

चितवनको क्षेत्र नं–१ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल अगाडि हुनुहुन्छ। ढकालले १४ हजार २९९ मत ल्याउँदा सत्तारुढ गठबन्धनबाट कांग्रेसका विश्वनाथ पौडेलले १० हजार ६२९ र एमालेका सुरेन्द्र पाण्डेले १० हजार ३८४ मत प्राप्त गर्नुभएको छ। 

चितवन–३ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दोस्रो स्थानमा हुनुहुन्छ। चितवन–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे १० हजार ६३२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ। 
राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालको ६ हजार ६७२ र सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका डा.भोजराज अधिकारीको ६ हजार ५०३ मत आएको छ । एमालेले समर्थन गरेको कांग्रेसका केन्द्रीय सदस्य रहँदा स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरलाको चार हजार ३११ मत आएको छ ।

तपाईको प्रतिक्रिया