स्थानिय
नवलपरासी बर्दघाटमा खुकुरी प्रहारबाट एकको हत्या, एक गम्भिर घाइते
बुधबार मङ्सिर ७, २०७९/ Wednesday 11-23-22
मंसिर ७, पश्चिम नवलपरासी
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
आपसी झगडामा विवाद हुँदा अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट बाग्लुङका ४६ वर्षीय दिलिपकुमार पुनको घटनास्थलमै मृत्यु भएको र स्थानीय विष्णु काउचा घाइते भएको पश्चिम नवलपरासीका प्रमुख एसपी ऋषिराम कँडेलले बताउनुभयो ।
घाइतेको बुटवलमा उपचार भइरहेको छ । खुकुरी प्रहार कसले के कारणले गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया