कात्तिक ३०, काठमाणडौ
नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।
खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । योसँगै तीन एकदिवसीय खेलको श्रृंखलामा यूएईले १–० को अग्रता बनाएको छ ।
श्रृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब रहेको छ । आजको खेल जिते यूएईले श्रृंखला जित्नेछ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र यूएईबीच अहिलेसम्म ७ पटक प्रतिस्पर्धा भएको छ ।
जसमा नेपाल २ पटक र यूएई ५ पटक विजयी भएको छ । दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल भने पर्सी शुक्रबार हुनेछ ।
तपाईको प्रतिक्रिया