00:00:00
स्थानिय

गुल्मीमा चाबी लगाएको घरभित्र वृद्धा मृत फेला, हत्याको आशंका

मंगलबार कार्तिक २९, २०७९/ Tuesday 11-15-22

बुटवल २०७९ कार्तिक २९

     गुल्मीको इस्मा गाउँपालिका–५ इस्मा रजस्थलकी ७४ वर्षीया जिवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

थापाको मृत्यु रहस्यमय देखिएको छ । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी टोलीका अनुसार ढोकामा चाबी लागेको छ भने वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । मृतक थापाका नाक र कानमा लगाइएका गहनाहरू नभएको प्रहरीले बताएको छ ।

स्थानीयका अनुसार वृद्धा दुई दिनदेखि गाउँमा हिँडडुल गरेको देखिएको थिएन । मुचुल्कापछि शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ । प्रहरी प्रारम्भिक अनुसन्धानबाट महिलाको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । थप विवरण भने शव पोस्टमार्टम तथा अन्य अनुसन्धानले खुलाउने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया