आज निमोनियाविरुद्धको दिवस : रोकथाम र उपचारमा विशेष ध्यान दिन डब्ल्यूएचओको आग्रह
काठमाण्डाै २०७९ कार्तिक २६
आज निमोनियाविरुद्धको दिवस निमोनियाबारे जनचेतना बढाउन सन् २००९ देखि हरेक वर्षको नोभेम्बर १२ तारिखमा यो दिवस मनाउन थालिएको हो । विश्वमा कोरोना महामारी, डेङ्गीलगायतका सङ्क्रामक रोगमा निमोनिया मुख्य लक्षण मानिएको छ।
निमोनियाले धेरैजसो पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई सताउने गरेको छ। विभिन्न प्रकारका जीवाणुहरूको सङ्क्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबीका कारण निमोनिया हुनेगर्छ । ब्याक्टेरिया र भाइरलबाहेक अरू कारणले पनि निमोनिया हुनसक्छ ।
निमोनियाको रोकथाम र उपचारमा विशेष ध्यान पुर्याउन विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आग्रह गरेको छ। यसको न्यूनीकरणका लागि निमोनियाविरुद्धको खोपसहित अरु रोकथामका सुरक्षा अपनाउन आवश्यक छ। बिरामीको अवस्थाअनुसार उपचार हुने भएकाले लक्षणहरू देखिनासाथ अस्पताल जान डाक्टरको सल्लाह छ।
तपाईको प्रतिक्रिया