स्थानिय
रुपन्देहीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु
मंगलबार कार्तिक २२, २०७९/ Tuesday 11-08-22
२०७९ कार्तिक २२
सोमबार राती रुपन्देहीको गैडहवा गाउँपालिका–२ मा भएको दुर्घटनामा परी गैडहवा गाउँपालिका-२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको प्रहरिले जनाएको छ ।
लु ५ प ९७३२ नम्बरको मोटरसाइकल र लु ७६ प ३३७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुबै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अर्यालले बताउनुभयो ।
तपाईको प्रतिक्रिया