00:00:00
स्थानिय

शान्ति नमूना माध्यमिक विद्यालयमा प्राविधिक कक्षाहरुको शुभारम्भ

सोमबार कार्तिक २१, २०७९/ Monday 11-07-22

तिलोत्तमा २०७९ कार्तिक २१

     रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमूना माध्यमिक विद्यालयमा सञ्चालित प्राविधिक कक्षाहरुको शुभारम्भ कार्यक्रम आइतबार गरिएको छ । विद्यालयमा यस वर्षदेखि सञ्चालित ३ बर्षे डिप्लोमा इन होटल म्यानेजमेन्ट, १८ महिने प्रिडिप्लोमा इन मेकानिकल इन्जिनियरिङ, २४ महिने प्रिडिप्लोमा इन मेकानिकल इन्जिनियरिङका कक्षाहरुको शुभारम्भ गरिएको हो ।

       प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लुम्बिनी प्रदेशका निर्देशक गोपाल आचार्यले कार्यक्रमको शुभारम्भ गर्दै आजको युगमा व्यक्तिलाई सवल र सक्षम बनाउनका लागि प्राविधिक शिक्षा अनिवार्य रहेको धारणा राख्नुभयो ।

      विद्यालयका कार्यवहाक अध्यक्ष भगवती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका सूचना अधिकारी लाल बहादुर बस्नेत, इन्स्योर परियोजना प्रमुख निर्मला मैनाली, शान्ति नमुनाका प्राविधिक शिक्षा संयोजक भिम प्रसाद पाण्डे लगायतले वर्तमान परिवेशमा प्राविधिक शिक्षाको महत्वका बारेमा चर्चा गर्नुभएको थियो ।
 
 विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सहायक प्रधानाध्यापक किशोर कुमार खनालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । यस वर्षदेखि सञ्चालित ३ बर्षे डिप्लोमा इन होटल म्यानेजमेन्ट कार्यक्रम लुम्बिनी प्रदेशमै सामुदायिक विद्यालयतर्फ एकमात्र शान्ति रहेको छ । यस्तै १८ महिने प्रिडिप्लोमा इन मेकानिकल इन्जिनियरिङ र २४ महिने प्रिडिप्लोमा इन मेकानिकल इन्जिनियरिङका कक्षाहरु सामुदायिक विद्यालयतर्फ नेपालभरमा एकल कार्यक्रमहरु रहेको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया