हरि शर्मा, परासी,
२०७९ कात्तिक १५
नवलपरासीको सुस्ताबाट फर्कदै गरेको डुंगा पल्टिदा सोमबार साँझ ३ जना युवाको मृत्यु भएको छ । २ जनाको अवस्था अचेत छ । सुस्ता गाउँपालिका– ४ गोकुल नगरबाट उनीहरु पिकनिक खान गएका थिए । मृत्यु हुने र अचेत अवस्थामा रहेकासबै गोकुल नगरकै हुन् ।
पिकनिक खाएर फर्किने क्रममा नारायणी नदीमा अकस्मात डुंगा पल्टिदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएपी भोजराज पाण्डेले बताए । पिकनिक खान ७ जना गएपनि फर्कदा ५ जना मात्रै फर्केका थिए । २ जनाको अवस्था अचेत रहेको छ । डुंगा डुबेपछि तत्कालै स्थानीय र प्रहरीको टोलीले उद्दार गरेर उनीहरुलाई अस्पताल पुर्याएको थियो ।
अचेत अवस्थामा रहेका ५ जनामध्ये ३ जनाको अस्पतालमा पु¥याएको केही समयमा मृत्यु भएको थियो । मृत्यु हुनेमा २२ वर्षिय गुड्डु हरिजन, १८ वर्षिय निरज हरिजन र अर्का १८ वर्षिय रञ्जित गुप्ता रहेको डिएसपी पाण्डेले जानकारी दिए । अचेत अवस्थामा रही चौपाता सामुदायिक अस्पताल बर्दघाटमा उपचार गराई रहेकामा २२ वर्षिय किशोर हरिजन र १५ वर्षिय सोहित सहानी छन् ।
घटना साँझ ७ बजे भएको हो । साँझको समयमा छाल आएर डुंगा पल्टिएको अनुमान प्रहरीको छ । डुंगा कस्ले खियाएर ल्याएको हो भन्नेमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । नारायणी नदीमा पुल नहुँदा सुस्ता जानका लागि जोखिमपूर्ण डुंगाको यात्रा गर्न स्थानीयहरु बाध्य छन् ।
तपाईको प्रतिक्रिया