00:00:00
स्थानिय

रूपन्देहीमा कारको ठक्करले ३५ दिनको शिशु सहित ३ जनाको मृत्यु

सोमबार कार्तिक १४, २०७९/ Monday 10-31-22

बुटवल - २०७९ कार्तिक १४

    रुपन्देहीमा कारको ठक्करबाट  ३५ दिनको एक शिशु सहित ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भैरहवाबाट परासी तर्फ जाँदै गरेको कारले ओमसतिया ४ पननीमा विहान ठक्कर दिँदा स्थानिय एक शिशु सहित ३ जनाको मृत्यु भएको हो ।

छठ घाट जाने क्रममा उनीहरुलाई भैरहवा तर्फबाट गएको गाडीले ठक्कर दिएको थियो, ठक्कर दिए पछि गाडी सहित फरार भएको चालक अझै पक्राउ हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार मृतकहरु ओमसतिया –४ पननीकै वर्ष १४ की सिमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेको छन ।

त्यस्तै शिशुकी आमा २४ वर्षिय बन्दना कुर्मी र सोही ठाए बस्ने २६ वर्षिय मन्जु कुर्मी घाइते भएका छन । घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया