00:00:00
राष्ट्रिय

मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु, ३० घाइते

आइतबार कार्तिक १३, २०७९/ Sunday 10-30-22

पाल्पा - २०७९ कार्तिक १३

     पाल्पाको रामपुरबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । ना ६ ख ७५८० नम्बरको बस ३५ तीर्थयात्री लिएर आज बिहान नवलपरासीपूर्वको बुलिङटार गाउँपालिका–२, मथारमा सडकबाट करिब १५० मिटर तल खसेको थियो । घटना स्थलमै पाँचजनाको मृत्युु भएको र ३० घाइते भएका इलाका प्रहरी कार्यालय बुलिङटारले जनाएको छ ।

    मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ का तारा विक, विनय विक, धनी विक, देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९, बेलचौरकी फूलमाया माझी रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठक बताउनुभयो ।

दुर्घटनामा घाइते हुनेमा बसका चालक पाल्पाको रामपुर नगरपालिका–३, गण्डकी ढिक बस्ने दिलकुमार श्रेष्ठ, सहचालक रामपुर–४, बेझाड बस्ने साजन श्रेष्ठ, रम्भा–१ का अंकित सुनार, कृष्ण केवट, प्रवीण सुनार, रामबहादुर विक, रीता विक, कासीराम विक, विशाल विक, आइसा विक, अविनाश विक, पुष्पा विक, मेघनाथ विक रहेका छन ।

त्यसैगरि घाइते हुनेमा स्याङ्जाको बेलचौर नगरपालिका–९ की दिलमाया राना, रविन राना, पाल्पाको झडेवाकी सुमित्रा विक, रम्भा गाउँपालिका–१ की रिमा विक, सन्जु सुनार, प्रेमबहादुर सुनार, आशिष सुनार, विजय विक, माया विक, स्याङ्जाको गल्याङ–८ का मनोजकुमार विक, सरिता माझी, उमाकुमारी विक, रामु राना, रम्भा–१ की अस्मिता सुनार, ओमबहादुर विक, सेती विक र शिवकुमारी विक रहेको र घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र सबै घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया