00:00:00
राष्ट्रिय

तिहारको मुख्य दिन भाइटिका भोली : टिकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा

बुधबार कार्तिक ९, २०७९/ Wednesday 10-26-22

कार्तिक ९, काठमाडौं
तिहारको मुख्य दिन भाइटीका भोली बिहिबार परेको छ ।

भोली बिहान ११ः३७ बजे भाइटिकाको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

टिका लगाउने उत्तम साइत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले जनाएको छ ।

यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् । नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ । 

तपाईको प्रतिक्रिया