स्थानिय
पश्चिम नवलपरासीमा अवैध चिनी लोड गरिएका दुई वटा ट्रक प्रहरीको नियन्त्रणमा
बुधबार कार्तिक २, २०७९/ Wednesday 10-19-22
कात्तिक २, पश्चिम नवलपरासी
पश्चिम नवलपरासीको प्रतापुर र रामग्रामबाट दुई ट्रक चिनि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ बाट अवैध चिनी लोड गरिएका दुई वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भैरहवा परासी सडकखण्डमा झण्डै ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनीसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो ।
बरामद गरिएको चिनी र ट्रक आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया