00:00:00
राष्ट्रिय

धान भण्डारणमा ध्यान दिन विज्ञको सुझाव

बुधबार कार्तिक २, २०७९/ Wednesday 10-19-22

कार्तिक २, काठमाडौं
वर्षभरिको खाद्यान्नको मुख्य श्रोत भएकाले धान काट्दादेखि भण्डारण गर्दासम्म विशेष ध्यान दिनुपर्ने विज्ञहरूले बताएका छन् । अहिले देशका धेरै ठाउँमा धान काट्ने र थन्क्याउने बेला भएको छ । नेपालको पहाड, तराई, पूर्व पश्चिम जताततै धान थन्क्याउने तरिका भने लगभग मिल्दोजुल्दो छ ।

यस वर्ष धान रोप्ने बेलामा पानी नपरेका कारण पोहोरभन्दा कम रोपाईँ भएको थियो । धान रोपिसकेपछि धेरै पानी परेका कारण पनि धान बालीमा असर पुगेको कृषि विभागले जनाएको छ । यसपटक १४ लाख हेक्टर खेतमा धान रोपाइँ भएको थियो ।

वर्षभरी खानुपर्ने भएकाले धानको भण्डार गर्दा ख्याल गर्न कृषिविज्ञको सुझाव छ । चिसो धान भण्डारण गर्दा कुहिन सक्ने सम्भावना बढी हुने कृषि विज्ञको भनाइ छ । धानको भण्डारणका क्रममा आवश्यकता अनुसार निम, असुरो लगायतको प्रयोग गर्न सकिने कृषिविज्ञ घनश्याम भण्डारीले बताउनुभयो ।

धेरै किसानले धान रोप्न र काट्न ध्यान दिने तर थन्क्याउन भने हेल्चेक्र्याईँ गर्ने गरेका छन् । तर, धान बाली विज्ञहरुका अनुसार धान थन्क्याउने सही तरिका नअपनाए, मेहनत गरेर फलाएको धान खेर जान सक्ने खतरा रहन्छ ।
 

तपाईको प्रतिक्रिया