00:00:00
राष्ट्रिय

नेकपा एसका उम्मेदवार गुरुङको मुद्दामा आज सुनुवाइ हुने 

बुधबार कार्तिक २, २०७९/ Wednesday 10-19-22

कार्तिक २, रुपन्देही
नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे आज सुनुवाइ हुने भएको छ।

दुई न्यायाधीशको इजलासमा पेसी तोकिने सर्वोच्च प्रशासनले जनाएको छ।

उक्त इजलासले अन्तरिम आदेश निरन्तरता हुने आदेश गरे उहाँ रुपन्देही–२ मा उम्मेदवार हुन पाउनुहुनेछ ।

अन्यथा उहाँको उम्मेदवारी खारेज सदर हुने छ। यसअघि दुवै पक्षलाई कात्तिक २ गते छलफलमा बोलाएर अल्पकालीन आदेश जारी गरेको थियो।
 

 

तपाईको प्रतिक्रिया