00:00:00
स्थानिय

स्वास्थ्य चौकीमा म्याद नाघेका औषधि

मंगलबार कार्तिक १, २०७९/ Tuesday 10-18-22

कार्तिक १, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका ३ मा रहेको चनई स्वास्थ्य चौकीमा म्याद गुज्रिएका औषधि वितरण भएको पाइएको छ । चौकीबाट वितरण गरिएको आइरन चक्की र नाबी मलमलगायतको म्याद नाघेको पाइएको हो । स्वास्थ्य चौकीले दिएको औषधीमा म्याद गुज्रिएको भनेर गुनासो आएपछि नगर प्रमुख अजय थापाले सोमबार स्वास्थ्य चौकीको अनुगमन गर्नुभएको थियो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई सहितको टोलीले स्वास्थ्य चौकीको लापरबाहीबारे स्पष्टीकरण माग गरेको छ । स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले समेत म्याद गुज्रिएको औषधि वितरण गरेको स्वीकार गरेका छन् ।

अनुगमनका क्रममा स्वास्थ्य चौकीमा औषधि अभाव रहेको र वितरण गर्दा ध्यान नदिएको पाइएको छ । अनुगमनमा शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भट्टराईले औषधि वितरण गर्दा ध्यान दिएर वितरण गर्न निर्देशन दिनुभयो । न

गर प्रमुख थापाले म्याद सकिएको औषधि वितरण गर्ने कर्मचारीसँग  स्पष्टीकरण माग गर्न र यस्तो कार्य पुनः नदोहो¥याउने प्रतिबद्धता जनाउन लगाउन स्वास्थ्य शाखा प्रमुख भट्टराईलाई निर्देशन दिनुभएको छ । 
 

तपाईको प्रतिक्रिया