00:00:00
खेलकुद

१७ वर्षमुनीको नेपाली फुटबल टोली स्वदेश फिर्ता

बुधबार असोज २६, २०७९/ Wednesday 10-12-22

असोज २६, काठमाण्डौ 
एएफसी १७ वर्षमुनिको एसियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । गएराति फर्किएको १७ वर्षमुनिको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङलगायतले स्वागत गर्नुभयो ।

टोली मलेसियाको विमानस्थलमा २४ घण्टाको ट्रान्जिट बसेर आइपुगेको हो ।

भियतनाममा भएको पहिलो छनोट खेलमा थाईल्याण्डसँग ३–० ले, भियतनामसँग ५–० ले र अन्तिम खेलमा चाईनिज ताईपेसँग ४–२ गोलले पराजित भएको नेपाल जितविहीन रहेको थियो । 

तीन वटा खेलमा १२ गोल खाएको नेपालले २ गोल मात्रै फर्काएको थियो ।

तपाईको प्रतिक्रिया