असोज २४, काठमाण्डौ
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी तालिका अनुसार आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार आज र भोलि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरेर निर्णय हुनेछ ।
उम्मेदवारलाई नाम फिर्ताको लागि पर्सि २६ गतेको समय दिइएको र २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा चुनाव चिह्न दिने आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया