राष्ट्रिय
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार असोज २२, २०७९/ Saturday 10-08-22
असोज २२, काठमाडौं
नेपालमा मध्यपश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदली भएको र लुम्बिनी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ।
त्यस्तै दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तपाईको प्रतिक्रिया