00:00:00
राष्ट्रिय

सत्ता गठबन्धनको बैठक आज पनि बस्ने 

बुधबार असोज १२, २०७९/ Wednesday 09-28-22

असोज १२, काडमाडौं
सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।  मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनको लागि सिट बाँडफाँट गर्न गठबन्धनको बैठक लगातार बसेपनि सिटबारे पनि टुङ्गो लाग्न सकेको छैन ।

आज पनि बिहानै बैठक बस्ने दलहरूको तयारी छ । आजको बैठकले सिट बाँडफाँट टुङ्गो लगाउने कार्यदलले दाबी गरेको छ ।  यसअघि हिजो बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँडको मापदण्ड बनाएको थियो ।

प्रदेशसभातर्फको ३३० सिट बाँडफाँडको प्रस्ताव तयार गरिएको नेताहरूले बताएका छन् । उनीहरूका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ ।
 

तपाईको प्रतिक्रिया