राष्ट्रिय
आज दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
बुधबार असोज १२, २०७९/ Wednesday 09-28-22
असोज १२, काठमाण्डौ
दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ । चन्द्रघण्टा देवीलाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ ।
देवीको शिरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टा देवीको आराधना गरे शारीरिक र मानसिक कष्टबाट छुटकारा पाउने मान्यता रहिआएको छ ।
नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ ।
तपाईको प्रतिक्रिया