असोज ११, काठमाण्डौ
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा आज बेलुका साढे पाँच बजे खेल सुरु हुनेछ ।
यो खेलमा नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्नेबारे हिजो भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका कार्यकारी प्रशिक्षक प्रदीप हुमागाईंले जानकारी दिनुभएको थियो । यस अघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गर्नुभएको थियो।
किरण बंगलादेशसँगको खेलबाट टोलीमा फर्किएका हुन् । एन्फाले आजको खेलमा समान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट मूल्य तोकेको छ ।
सीमित ८० सिटका लागि भने ५ हजार रुपैयाँ तोकिएको छ । नेपालले बंगलादेशसँग अहिलेसम्म २४ खेल खेलेकोमा बंगलादेशले १२ खेलमा जितेको छ । नेपालले ७ खेल मात्रै जित्दा ५ खेल बराबरीमा सकिएको छ । नेपालले सन् १९८३ मा पहिलो पटक बंगलादेशसँग खेलेको थियो ।
तपाईको प्रतिक्रिया