00:00:00
खेलकुद

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदै 

मंगलबार असोज ११, २०७९/ Tuesday 09-27-22

असोज ११, काठमाण्डौ 
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदैछ ।  काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा आज बेलुका साढे पाँच बजे खेल सुरु हुनेछ ।

यो खेलमा नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्नेबारे हिजो भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका कार्यकारी प्रशिक्षक प्रदीप हुमागाईंले जानकारी दिनुभएको थियो । यस अघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गर्नुभएको थियो। 

किरण बंगलादेशसँगको खेलबाट टोलीमा फर्किएका हुन् । एन्फाले आजको खेलमा समान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट मूल्य तोकेको छ ।

सीमित ८० सिटका लागि भने ५ हजार रुपैयाँ तोकिएको छ । नेपालले बंगलादेशसँग अहिलेसम्म २४ खेल खेलेकोमा बंगलादेशले १२ खेलमा जितेको छ । नेपालले ७ खेल मात्रै जित्दा ५ खेल बराबरीमा सकिएको छ । नेपालले सन् १९८३ मा पहिलो पटक बंगलादेशसँग खेलेको थियो ।  

तपाईको प्रतिक्रिया