00:00:00
खेलकुद

झरना रनिङ्ग शिल्ड नकआउट कप :

आज फर्साटिकर क्लब रुपन्देही र वाणगंगा क्लब कपिलवस्तुबीच प्रतिस्पर्धा हुँदै
बुधबार असोज ५, २०७९/ Wednesday 09-21-22

असोज ५, तिलोत्तमा 
पवित्रा चौधरी
झरना स्पोर्टस क्लबको आयोजनामा तिलोत्तमा ६ कुञ्जलापुरमा जारी ३५ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगितामा अन्तर्गत आज  बुधबार  फर्साटिकर फुटबल क्लब  र वाणगंगा क्लब कपिलवस्तुबीच प्रतिस्पर्धा हुँदैछ । 
मंगलबारको खेलमा जनज्योति क्लब डिङ्गरनगर विजयी भएको छ  । मुर्गिया फुटबल क्लब सैनामैनालाई १ का विरुद्व ६ गोलले पछि पार्दै जनज्योति क्लब डिङ्गरनगर विजयी भएको हो ।

खेलमा जनज्योति क्लब डिङ्गरनगरका लागि जर्सी नंं. १० का निरज थापाले ३ गोल गर्दै ह्याट्रिक गर्नुभएको थियो भने जर्सी नं.६ .का रुपेस केसीले २, जर्सी नं.१६ का आशिष श्रेष्ठले १ गोल गर्नुभएको थियो  । 
प्रतियोगितामा मुर्गिया फुटबल क्लब सैनामैनाका लागि जर्सी नं. ७ का सुरज थारुले एक गोल गर्नुभएको थियो ।  हिजोको खेलमा मुर्गिया फुटबल क्लब सैनामैनाका निशान क्षेत्री म्यान अफ द म्याच हुनुभयो।

अपरान्ह ३ बजे उमा आधारभूत विद्यालयको मैदानमा हुने खेल हेर्न महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका र अशक्तलाई निःशुल्क प्रवेश दिइएको झरना स्पोर्टस क्लबका सचिव सिजन थापाले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया