00:00:00
राष्ट्रिय

असोज २७ बाट तथ्याङ्क ऐन कार्यान्वयनमा आउने 

बुधबार असोज ५, २०७९/ Wednesday 09-21-22

असोज ५, काठमाडा
सरकारले तथ्याङ्कलाई व्यवस्थित बनाउन कानुन बनाएको छ । तथ्याङ्कमा एकरुपता नभएकै कारण विभिन्न क्षेत्रमा असर गरिरहेको भन्दै सरकारले तथ्याङ्क सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेको हो । अब यो ऐन अनुसार राष्ट्रिय तथ्याङ्क परिषद् गठन हुने छ ।

यस मार्फत तथ्याङ्क सङ्कलनको काम व्यवस्थित गरिने तथ्याङ्क विभागका सूूचना अधिकारी मनोहर घिमिरेले बताउनुभयो । अहिले तथ्याङ्क विभागसँगै अरु विभिन्न निकायले आफ्नो कार्यक्षत्र अनुसार तथ्याङ्क सङ्कलन गरिरहेका छन् । तर असोज २७ बाट अर्थात यो ऐन कार्यान्वयनमा आएपछि भने जुनसुकै निकायले तथ्याङ्क सङ्कलन गर्नको लागि राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमति लिनुपर्नेछ ।

ऐन अनुसार २१ सदस्यीय राष्ट्रिय तथ्याङ्क परिषद् गठन हुने छ । जहाँ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहने तथा अरु सरोकारवाला निकायका प्रतिनिधि सदस्य रहने व्यवस्था छ । अब तथ्याङक सङ्कलनको काम व्यवस्थित हुने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदिशचन्द्र पोखरेलले बताउनुभयो ।

ऐनले परिकल्पना गरे अनुसार संरचना बनेर काम भएको खण्डमा देशको हरेक क्षेत्र र निकायको तथ्याङ्क एकैनास र व्यवस्थित हुनेछ । 
 

तपाईको प्रतिक्रिया