राष्ट्रिय
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
बुधबार असोज ५, २०७९/ Wednesday 09-21-22
असोज ५, काठमाडौं
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
भारतको ओडिसा र पश्चिम बङ्गाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभावले आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुँदा अरु प्रदेशका विभिन्न ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति लुम्बिनीसहित प्रदेश १, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनीसहित प्रदेश १, मधेश र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भने मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
तपाईको प्रतिक्रिया