असोज ५, काठमाडौं
आज २१ सेप्टेम्बर अर्थात् विश्व अल्जाइमर दिवस । अल्जाइमरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् १९१० मा पत्ता लागेको यो रोग सन् २०५० सम्म प्रत्येक ८५ मध्ये एकजनालाई देखिन सक्ने विश्व स्वास्थ्य संगठनको आकलन छ ।
डिमेन्सिया अल्जाइमरको सुरुवाती कारण हो, यो मस्तिष्कमा आउने परिवर्तनहरूका कारण बढ्दै जाने गर्छ । लामो समयसम्म डिमेन्सिया भएका व्यक्तिहरूलाई अल्जाइमर हुन्छ । यो रोग लागेका मानिसको स्मृति क्षय हुने गर्छन् ।
विस्तारै–विस्तारै यो रोग मस्तिष्कको एक विकारको रूप लिन्छ र स्मरण गर्ने क्षमता नष्ट गर्दछ । यस्तो स्थितिमा बढ्दो उमेरसँगै सोच्ने क्षमता पनि घट्छ । अल्जाइमरले सामान्यतया ६० वर्ष भन्दा माथिका मानिसहरुलाई असर गर्छ। तर, पछिल्लो समय ३० देखि ४० वर्षको उमेर समुहमा पनि यो रोग देखिन थालेको छ ।
रोग लागेपछि बिरामीलाई छिटो रिस उठ्ने, चिड़चिड़ापन बढ्ने र मानिस विस्तारै स–साना कुरा पनि भुल्न थाल्दछन्। यद्दपी माइन्ड म्यानेजमेन्ट, स्वस्थ जीवनशैली र मद्यपानबाट टाढा रहँदा यो रोगबाट बच्न सकिन्छ । अल्जाइमर रोगबाट जोगिनका लागि हरेक वर्ष २१ सेप्टेम्बर अर्थात आज विश्व अल्जाइमर–डिमेन्शिया दिवस मनाइन्छ ।
तपाईको प्रतिक्रिया