00:00:00
स्थानिय

डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु

सोमबार असोज ३, २०७९/ Monday 09-19-22

असोज ३, पाल्पा 
पाल्पामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु  भएको छ। ​रिब्दीकोट गाउँपालिका–१ का ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले बताउनुभयो।

डेंगु भएपछि गत भदौ २८ गते अस्पताल भर्ना भएका उहाँको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो।  स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गिरीकाअनुसार पाल्पामा अहिलेसम्म  १२१ जना डेंगु संक्रमित फेला परेका छन् ।   

तपाईको प्रतिक्रिया