00:00:00
स्थानिय

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो, सडक अवरुद्ध

बुधबार भदौ १५, २०७९/ Wednesday 08-31-22

भदौ १५, काठमाण्डौ 
पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो ।

रातिदेखि नै  पहिरोका कारण सडक ठप्प भएपछि अहिले सडकमा गाडीको लामो लाइन लागेको छ । पानी परिरहेकाले पहिरो हटाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले दुई वटा डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ ।

पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले आग्रह गरेको छ ।  

तपाईको प्रतिक्रिया