00:00:00
स्थानिय

कपिलवस्तुमा डेंगुका बिरामी बढ्दै

बिहीबार भदौ ९, २०७९/ Thursday 08-25-22

भाद्र ९, कपिलवस्तु 
कपिलवस्तुमा डेंगुको संक्रमण बढेको छ । साउनमा ४८ जना र भदौ पहिलो साता ६ जनामा डेंगुको संक्रमण देखिएको हो । साउनयता ५४ जना डेंगु संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । सचेतना नअपनाउँदा र नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा संक्रमित बढेका हुन् ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेकाअनुसार वाणगंगा नगरपालिकामा ४८ र कपिलवस्तु नगरपालिकामा ६ जना डेंगुका संक्रमित फेला परेकाले नियन्त्रणको प्रयास भइरहेको छ । कपिलवस्तुको पिपरा अस्पताल र सदरमुकाममा रहेको कपिलवस्तु अस्पतालमा डेंगुको परीक्षण हुँदा संक्रमित भेटिंदै गएको उहाँले बताउनुभयो ।

अस्पतालमा उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी बेस्सरी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने लक्षण देखिएका बिरामी आउन थालेपछि शंका लागेर रगत परीक्षण गर्दा डेंगु पहिचान भएको कपिलवस्तु अस्पतालका मेडिकल अधिकृत डा. गणेश क्षत्रीले बताउनुभयो ।
 

तपाईको प्रतिक्रिया