00:00:00
राष्ट्रिय

आजदेखि दल दर्ताका लागि पेस भएका निवेदनबारे आयोगले जाँचबुझ गर्ने 

बुधबार भदौ १, २०७९/ Wednesday 08-17-22

भाद्र १, काठमाडौं
निर्वाचन आयोगले आजदेखि दल दर्ताका लागि पेस भएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ । आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन चाहने दललाई निर्वाचन आयोगले दर्ताको निवेदन दिन हिजोसम्मको समय दिएको थियो ।

आजदेखि भने दलको निवेदनमा आयोगले जाँचबुझ गर्न लागेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले  जानकारी दिनुभयो । उहाँका अनुसार हिजो अबेरसम्ममा ८४ वटा दलले दर्ताका लागि निवेदन दिएका छन् ।

अब दलहरूले बुझाएका कागजातबारे अध्ययन गरेर दलहरूलाई दर्ताको लागि आयोगमा पेस गर्ने काम सुरु हुने उहाँले बताउनुभयो ।
 

तपाईको प्रतिक्रिया