00:00:00
स्थानिय

रुपन्देहीको ओमसतियामा  गोली चल्यो ।

सोमबार श्रावण ३०, २०७९/ Monday 08-15-22

तिलोत्तमा २०७९ साउन ३०

रुपन्देहीको ओमसतियामा गोली चलेको छ । गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

नचिनेको मानिसले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का विकास गुरुङ घाइते हुनुभएको अज्ञात समूहले प्रहार गरेको गोली गुरुङको कम्मरमाथि कोखामा लागेको छ । अहिले गुरुङको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक सूचना अधिकारी बेदबहादुर पौडेलका अनुसार घटनाबारे सोधपुछका लागि पाँच जनालाई नियन्त्रणमा लिइएको छ । घटनाको विभिन्न कोणले अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो ।

रुपन्देहीकै रोहिणी गाउँपालिका–१, बाइपासमा रहेको सिद्धार्थ कटेजमा पनि गएराति पेस्तोल देखाएर सुन र नगद लुटपाट भएको थियो ।प्रहरीका अनुसार  दुवै घटनामा एउटै समूह वा फरक समूह संलग्न रहेको भन्ने नखुलेको  र उनीहरुको खोजी कार्य भइरहेको  छ । 

तपाईको प्रतिक्रिया