राष्ट्रिय
दाउन्नेमा बस पल्टिएर आगो लाग्दा ३१ जना घाइते, चालक फरार
बुधबार श्रावण ११, २०७९/ Wednesday 07-27-22
साउन ११, काठमाडौं
नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते भएका छन्। घाइतेमध्ये चारजनाको गम्भीर रहेको छ ।
कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस दाउन्नेको ओरालो कटेपछि अनियन्त्रित भई पल्टिँदा बसमा आगो लागेको नवलपुर प्रहरीले जनाएको छ ।
बसमा ३१ जना सवार रहेको र चार जनाकोअवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
चालक भने फरार रहेकोले खोजी भइरहेको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया