भैरहवामा आज पहिलो चार्टर्ड उडान हुँदै
भियतनामबाट आउने जहाज काठमाण्डौ हुँदै अवतरण हुने
साउन ११, भैरहवा
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो चार्टर्ड उडान अवतरण हुँदैछ ।
व्यावसायिक रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुई महिनापछि भियतनामको नोइ बाइ इन्टरनेशनल एअरपोर्टबाट दुई जना भिक्षु यात्रु बोकेर आउने १२ सिटे प्राइभेट जडाज काठमाण्डौ हुँदै भैरहवामा अवतरण हुन लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणकाका अनुसार आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जहाज मौसमले साथ दिएमा सवा १२ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । प्राधिकरणकाका अनुसार जहाज साउन १६ गते काठमाण्डौ हुँदै भियतनाम फर्कने छ । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान मात्रै हुँदै आएका थिए ।
गएको जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएसँगै भैरहवा विमानस्थलबाट अहिले जजिरा एअरवेजले मात्रै उडान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया