00:00:00
राष्ट्रिय

लुम्बिनी प्रदेशसहित आज देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना 

बुधबार श्रावण ४, २०७९/ Wednesday 07-20-22

साउन ४, काठमाडौं
आज देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनी वायु सक्रिय हुँदा विशेषगरी लुम्बिनी, सुदूरपश्चिम, गण्डकी, बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पहाडी भूभागका धेरै स्थानहरूमा र अन्य भूभागका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राति देशका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । यस्तै भोलि लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले छ ।

तपाईको प्रतिक्रिया